रहेनन् एमाले नेता तथा पूर्वसांसद थापामगर

पाल्पा | जेठ २९, २०७९

रहेनन् एमाले नेता तथा पूर्वसांसद थापामगर

पाल्पा:   नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा जिल्ला क्षेत्र नम्बर १ का पूर्वसांसद भद्रबहादुर थापामगरको निधन भएको छ ।  ७० वर्षिया थापामगरको शनिबार बिहान रामपुर नगरपालिका वडा नम्बर १० स्थित आफ्नै निवासमा निधन भएको हो परिवारले जनाएको छ ।
 

थापामागर विगत ५ वर्षदेखि मुटुको रोगी थिए । 

 

को थिए थापामगर?

स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहेका थापा २०४७ सालमा संविधान जारी भएपछि २०४९ को स्थानीय तह चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष भएका थिए । त्यसपछि उनी २०५४ मा पुनः साविकको वडा नम्बर ४ को अध्यक्षमा निर्वाचितसमेत भएका थिए । त्यसपछि भने उनी पाल्पा जिल्ला विकास समितिको उपसभापति भएका थिए ।

 

२०५६ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विजयराज घिमिरेलाई हराउँदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । वर्तमान सांसद दलबहादुर राना भने त्यतिबेला नेकपा मालेबाट उम्मेदवार बनेका थिए । उनी तेस्रो स्थानमा थिए ।

 

२०६४ सालमा अन्तरिम विधायिका सदस्य रहेका थापा पछिल्लो समय भने एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यको भूमिकामा थिए ।  मृतक थापा मगरका श्रीमती, एक छोरा र एक छोरी छन् ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्